मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३६ जना पक्राउ

मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३६ जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।