बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बर्दिया- बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा जिल्लाको ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ वर्षीया निलु चौधरी रहेकी छन्।

बिज्ञापन

मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणमा परी चौधरी गम्भीर घाइते भएकी थिइन् ।

चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।