
काठमाडौँ- भारतमा १३ हजार ५०२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थपिनेभन्दा निको हुनेको संख्या ६ हजारले बढी छ ।
बिज्ञापन



१९ हजार ७०४ जना कोरोनामुक्त भएका छन् भने २८१ जना संक्रमितको मृत्यु भएको छ ।

बुधबारसम्म भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ७५ हजारको हाराहारीमा छ ।
भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख १२ हजार नाघेको छ ।