एमसिसी कार्यान्वयनका लागि १० पदमा कर्मचारी माग

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनका लागि कर्मचारी आह्वान गरिएको छ । परियोजना कार्यान्वयनका लागि सरकारी एजेन्सी एमसिए-नेपालले विभिन्न १० पदमा कर्मचारी आह्वान गरेको हो ।

एमसिए बोर्डका अनुसार प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायक पदमा आवेदन दिन पाइनेछ । योग्य उम्मेदवारले आउँदो १ चैतभित्र आवेदन दिइसक्नुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ । ​

बिज्ञापन

आवेदकले एमसिए-नेपालको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् । लामो विवादका बीच गत आइतबारको प्रतिनिधिसभा बैठकले एमसिसी बहुमतले अनुमोदन गरेको थियो ।