यातायात व्यवसायीले गाडी भाडा बढाउने चेतावनी

काठमाडौं । यातायात व्यवसायीले गाडी भाडा बढाउने चेतावनी दिएका छन् । सरकारले ईन्धनको भाडा बढाएपछि आक्रोसित हुँदै व्यवसायीले गाडीभाडा बढाउने चेतावनी दिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य बृद्धि भएको हुँदा थेग्न नसक्ने अवस्थामा पुगेकाकाले भाडा बढाउने तयारी गरिएको बताएका छन् ।

बिज्ञापन

निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५९५ रूपैयाँका दरले बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ हो ।

कोरोनाले थला परेका यातायात व्यवसायीहरु बैंकको किस्ता बुझाउन नसकेको अवस्थामा आयाल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा थप मर्कामा परेको सिटौलाले बर्ताका छन् । व्यवसायीलाई मात्रै नभएर आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी मूल्य बढेको उनले बताएका छन् ।

व्यवसायीहरुले निगमलाई मूल्य बृद्धि फिर्ता गर्न ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनको गुनासो छ । यातायात व्यवस्था विभागबाट २०७८ असार २७ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

त्यो समयमा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ रहेकोमा हाल १५० रुपैयाँ पुगिसकेको छ । बढाइएको मूल्य नघटाउने हो भने हाल बृद्धि गरिएको मूल्यको आधारमा महासंघले भाडा समायोजना गर्न बाध्य हुने महासचिव सिटौलाले जानकारी गराएका छन् ।