
काठमाडौँ- देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका कतिपय भू-भागमा सामान्यतया मौसममा बदली भएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।
आज (शनिबार) देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।