लायन्स क्लब काठमाडौं गुल्मीद्वारा २ क्लबलाई चार्टर हस्तान्तरण

काठमाडौं । लायन्स क्लब काठमाडौं गुल्मीले २ क्लबलाई चार्टर हस्तान्तरण गरेको छ। काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले लायन्स क्लब अफ काठमाडौं पूर्णतारा र लायन्स क्लब अफ काठमाडौं एक्मिटिमलाई चार्टर हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले समाज रुपान्तरणमा लायन्सहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै काठमाडौंमा रहेर पनि गुल्मीका गाउँमा गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे।

लायन्स क्लब अफ काठमाडौं गुल्मीले स्थनपनाको २५औँ वर्षगाँठको अवसरमा आफैले खोलेका २ क्लबलाई चार्टर हस्तान्तरण गरेको हो। गुल्मीले यसै वर्ष तीन क्लब चार्टर गर्न सफल भएको थियो।

लायन्स क्लब अफ काठमाडौं गुल्मीका अध्यक्ष नवराज पोख्रेलको अध्यक्षता र सचिव लोकेन्द्र मल्लको संचालनमा सम्पन्न कार्यक्रममा पीएमसीसी गिरधारी शर्मा, पास्ट डिष्ट्रिक गभर्नर धनराज आचार्य, ध्रुवबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।