यी स्थानमा हिमपातको सम्भावना

काठमाडौँ- मौसम पूर्वनुमान महाशाखाले आज देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ ।

सोमबार जारी मौसम पूर्वानुमानमा देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिइएको छ ।

बिज्ञापन

सोमबार दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

त्यसैगरी, राति देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।