
भक्तपुर । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जना छन्।
उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
बिज्ञापन



मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरेपछि पक्राउ गरिएको थियो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
