
दाङ । ठेकेदार अनुप पाण्डे ठगी मुद्दाको जाहेरी परेपछि पक्राउ परेका छन् ।

काठमाडौंमा लुकिछिपी बसेका पाण्डेलाई आज बिहान प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।
बिज्ञापन



पक्राउपछि पाण्डेलाई दाङ लैजाने तयारी भइरहेको एसपी काफ्लेले जानकारी दिएका छन् ।

पाण्डेविरूद्ध विभिन्न व्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
पाण्डे तुलसीपुर(घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार हुन् ।