मिस्टर नेपालको अडिशन आजबाट शुरु

काठमाडौं । नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

आज काठमाण्डौमा अडिशन शुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली ब्याबसायीलाई नै सहयोग पुग्ने बताएका हुन् ।

कोभिड पछि खुल्दै गरेको बजार र ब्याबसायमा सरकारको सहयोग भए ब्याबसायीहरुको मनोबल उच्च हुने बताए । उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने बताएका छन् ।

आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताए ।

मिस्टर नेपालले आजबाट मिस्टर नेपालको अडिशन शुरु गरेको छ । काठमाडौंबाट शुरु भएको अडिशन देशभर नै गर्ने पनि आयोजक आयोजक धमलाले बताए ।