
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन



यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको मूल्य पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।