चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना

ओखलढुंगा – चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

बा ३ ख९३०४ नम्बरको बस शनिबार भदौरे भन्ने स्थानमा सडकमा चिप्लिएर पल्टिएको हो ।

बिज्ञापन

दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका छन् । खड्काको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा प्राथमिक उपचार पश्चात हेलीकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको वडा नं. ६ का वडा अध्यक्ष तिलक खड्रका बिद्रोहले जानकारी दिए ।

बसमा २१ जना यात्रु रहेका थिए । अन्य यात्रु भने सकुशल छन् ।