एमाले जनताको पार्टी हो, नेताको होइन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेताको नभई जनताको पार्टी भएको बताएका छन् ।

एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

बिज्ञापन

उनले एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको बताएका हुन् । साथै नेता पोखरेलले एमाले सधैँ मधेशको पक्षमा रहेको दाबी गर्दै मधेशमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले रहेको बताएका छन् ।

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठले एमाले मधेशमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेशका लागि २५० वर्षमा हुन नसकेका काम तीन वर्षमा गरेको जिकिर गरेका छन् ।