होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ : कर्णाली प्रदेश मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताएका छन् ।

फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पुर्‍याउने बताएका हुन् ।

बिज्ञापन

खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पुर्‍याउने उनको विश्वास छ। मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भनेका छन्, ।

“होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धनमा सबैलाई उत्पे्ररित गरिरहोस् भन्ने कामना गर्दछु ।” यो पर्व हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा आज र तराईका जिल्लामा भोलि (शुक्रबार) मनाइँदैछ ।