आगलागीमा तीन घर जलेर नष्ट

गएराति नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो ।

बिज्ञापन

स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङका तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।