गठबन्धनका शिर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताहरूबीच भएको भेटवार्तामा स्थानीय निर्वाचनका विषयमा छलफल भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले नेताहरूबीच स्थानीय निर्वाचनका साथै समसामयिक विषयमा छलफल भएको थियो । नेताहरूबीच करिब १ घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफलमा प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपांग योद्धाहरूको विषयमा प्रधानमन्त्रीसमक्ष पाँच बुँदे ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।