प्रहरीमा १८ हजारको बढुवा सिफारिश

काठमाडौं । नेपाल प्रहरीमा १८ हजारको बढुवा सिफारिशको सूचना प्रकाशन भएको छ ।

यसअघि मन्त्रिपरिषद्ले प्रहरी नियमावली संशोधन गरी ३ पद थप्ने निर्णय गरेको थियो ।

बिज्ञापन

अब वरिष्ठ हवल्दार, सहायक हवल्दार र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थपिएको छ । बढुवामा जेष्ठतालाई बढुवाको मुख्य आधार बनाउने गरी संशोधन गरिएको छ ।

बढुवाको सिफारिश भएकामा १९१ जना वरिष्ठ सई, ३ हजार ३ सय ८३ प्रहरी वरिष्ठ हवल्दार, १४ हजार ५ सय ६७ लाई प्रहरी सहायक हवल्दार पदको बढुवाका लागि सिफारिश गरिएको छ ।