
जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाइ गर्न दिने सरकारले निर्णय गरेको छ ।

आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
बिज्ञापन



यही चैत १४ देखि मतपत्र छपाइ सुरु गर्ने तयारी भएको छ ।

हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पुर्याइने र सुगम क्षेत्रमा पुऱ्याउनका अलि पछि छापिने उनले बताए ।
केन्द्रलाई आगामी बैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको छ ।
यसैबीच आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
यसअघि करिब १ करोड ७५ लाख मतदाता रहेकोमा दावी विरोधपछि केही घटेर आउने आयोगले अनुमान गरेको छ ।