पाल्पामा ८४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

काठमाडौँ : नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ ।

त्यसमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित बन्दै गएपछि स्वास्थ्य सेवा नै प्रभावित हुने देखिएको छ ।

यसै क्रममा पाल्पामा कार्यरत ८४ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

खोप कार्यक्रममा सहभागी भएका स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

संक्रमित भएका स्वास्थ्यकर्मी केहीदिन अघि बालबालिकालाई खोप लगाउँदै हिँडेका थिए ।

अतिक्रमितमध्ये सबैभन्दा धेरै तानसेन अस्पतालका स्वास्थ्यकर्मी रहेका छन् ।

स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि अस्पतालको सेवामा असर परेको छ ।