
रामेछाप । मन्थलीमा म्यादी प्रहरीमा भर्ना हुन आएका रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–२ का निसान विकको शुक्रबार तामाकोसीमा डुबेर मृत्यु भएको छ ।
शुक्रबार विहान तामाकोसीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापको डिएसपी राज कुमार सिंहले जानकारी दिए ।
साथीसँग तामाकोसी नदीमा पौडी खेल्ने क्रममा रामेछाप दोरम्बा सैलुङ गाउँपालिकाका उक्त युवक डुबेरर वेपत्ता भएपछि जिल्ला प्रहरी रामेछाप र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरेको थियो ।
मृतक युवकको शव नदीबाट निकालिएको डिएसपी सिंहले बताए ।