२२ जनामा सङ्क्रमण, सक्रिय सङ्क्रमित एक हजारमा झर्‍यो

काठमाडौं — पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरेर ३८ सय ३५ जनाको परीक्षण गर्दा कुल २२ जनामा सङ्क्रमण देखिएको हो ।

बिज्ञापन

२५ सय १६ जनामा पीसीआर परीक्षण गर्दा १६ जना र १३ सय १९ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ७५ जना सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो केही दिनदेखि मुलुकमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर १ हजार २२ जना सक्रिय सङ्क्रमित छन् ।