
कास्की — चर्चित र्यापर आशिष राना ‘लाउरे’ पक्राउ परेका छन् ।
बुधबार राति लागूऔषध ब्राउन सुगर किन्न लागेको अवस्थामा लाउरे पोखराको न्युरोडबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले लाउरेलाई पक्राउ गरिएको जानकारी दिए ।
उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाइने एसपी थापाले बताए ।
उनी चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत हुन् । हाउडे, मेरो सोल्टा, नेपहपको बाटो, चुप लाग, सुपर रागा, दुई रुपैयाँ, तीतो सत्य उनका चर्चित गीतहरु हुन् ।