विद्युत प्राधिकरणकाे निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएकाे छ । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई ‘निमित्त प्रमुख’ रूपमा जिम्मेवारी दिएको हो ।

मन्त्रालयले शाक्यलाई वरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिनुभयाे । शाक्यले आजैदेखि प्राधिकरणकाे पदभार सम्हाल्नुहुने उहाँकाे भनाइ छ ।

बिज्ञापन

यसअघि तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो ।

यसअघि शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा जानुभएकाेमा ऊर्जामन्त्री पुनले गएकाे शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिनुभएकाे थियाे । त्यसगत्तै उहाँलाइ निमित्त प्रमुखकाे जिम्मेवारी दिइएकाे हाे ।

यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । वरिष्ठता अनुसार शाक्यलाइ जिम्मेवारी दिइएकाे हाे ।