नोबेल अस्पतालका एक डाक्टर मृत अवस्थामा फेला

मोरङ । विराटनगरस्थित नोबेल अस्पतालका एक जना डाक्टर मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको राजविराजका २८ वर्षीय डाक्टर विजय यादव आज बिहान उनी कार्यरत नोबेल अस्पतालको अगाडि मृतावस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

बिज्ञापन

डाक्टर यादव उक्त अस्पतालको अर्थोपेडिक वार्डमा तीन वर्षदेखि कार्यरत थिए । पारिवारीक स्रोतका अनुसार उनले बङ्गलादेशबाट एमबीबीएस गरेका थिए ।

डाक्टरको हत्या भएको भन्दै आक्रोशित आफन्तले घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।

घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।