म्यादीमा भर्ना हुन पाइन्टको खल्तीमा १ किलोको ढक राखेपछि…

कपिलवस्तु । म्यादी प्रहरीमा भर्ना हुनका लागि तौल कम भएपछि कपिलवस्तुमा १ युवाले जिन्स पाइन्टको गोजीमा १ किलो ढक राखेर भर्ना छनोटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ।

१ किलोको ढक, मोवाइल र पटक–पटक खानासमेत खाएर तौल पुर्‍याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगत्‌नाथ मरासिनीले बताए ।

उनको वास्तविक तौल ४८ किलो थियो तर म्यादीमा भर्ना हुन न्यूनतम् तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहको छ। कपिलवस्तु मा १९२९ म्यादी प्रहरीका लागि दुई गुनाबढी अर्थात् ६९०० ले आवेदन दिएको जनाइएको छ । जसमा १४५४ महिला रहेका छन् ।