
नयाँ दिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवा हैदराबाद हाउस पुगेका छन् ।

हैदराबाद हाउस देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरे । त्यहाँ देउवा र मोदीबीच एक्ला एक्लै वार्ता हुनेछ । त्यसपछि दुबै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ ।
बिज्ञापन



सो क्रममा दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने र संयुक्त विज्ञप्ति जारी गर्ने कार्यक्रम छ ।

हैदराबाद हाउसबाटै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेलसेवा र सोलु कोरिडोर प्रसारण लाइनलगायतको उद्घाटन गर्ने कार्यक्रम छ ।
शनिबार नै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
आइतबार बिहान ९ बजे देउवा उत्तर प्रदेशको वाराणासी पुग्ने र वाराणासीबाट पुनः नयाँ दिल्ली आएर ४ः१५ बजे स्वदेश फर्कने छन् ।