
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ।

नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पेशी तोकेको हो।
बिज्ञापन



पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ।

एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो।
एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग विरुद्धसमेत अदालतमा गएका थिए। यसअघि पनि यो रिट पटकपटक पेशी तोक्दै सार्दै आइरहेको थियो।
यही विषयलाई लिएर एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आइरहेको छ।