कारोनाको आक्रामक भेरियन्ट भिटियो : डब्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले पहिलोकोभन्दा आक्रमक भेरियन्ट भेटिएको जनाएको छ ।

पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको डब्यूएचओले जनाएको छ ।

बिज्ञापन

महामारी सम्बन्धी साप्ताहिक अपडेटमा यो नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको जानइएको छ । त्यसयता ६ सयभन्दा बढीमा यसको संक्रमण पुष्टि भइसकेको डब्लूएचओले जानकारी दिएको छ।

ओमिक्रोनको बीए–२ भेरियन्टभन्दा यो १० प्रतिशत बढी संक्रामक रहेको अनुसन्धनबाट पुष्टि भएको छ । यसबारे थप अनुसन्धान गर्न बाँकी रहेको डब्यूएचओको भनाइ छ।