ब्रजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट फुटबलको खेल स्थगित

एजेन्सी : ब्रजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट फुटबलको खेल स्थगित भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत सोमबार बिहान ब्रजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइरहेकामा अचानक खेल स्थगित भएको हो ।

अन्तिम समयमा ब्राजिलका स्वास्थ्य अधिकारीले अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि खेल स्थगित गरिएको जनाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीले क्वारेन्टिनको नियम तोडेको आरोप लगाएपछि खेल सुरु हुन केही समयअघि स्थगित भएको हो ।

बिज्ञापन

दुई टोलीबीचको खेलको नयाँ मिति तय भएको छैन । छनोट खेलमा ब्राजिल अपराजित रहेको छ ।