विप्लव समूहका नेताहरू निर्वाचन आयोग पुगे : चुनावमा जानेबारे नेताहरू विभाजित

काठमाडौँ : विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलीयालाई भेटेको छ ।

कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको उक्त दलले आयोगका प्रमुख आयुक्त थपलीयालाई बिहीबार भेटेको हो।

बिज्ञापन

आयोग पुगेका पार्टीका प्रवक्ता प्रकाण्डले पत्रकारसँग चुनावमा भाग लिने बताए । उनले भने, ‘चुनावमा भाग लिने हो ।

त्यहीकारण हामी छलफलका लागि यहाँ आएका हौँ ।’ भेटमा पार्टी प्रवक्ता प्रकाण्डले दल दर्ताबारे आयोगसँग परामर्श गरेका थिए ।

यस्तै, निर्वाचनमा सहभागिताबारे छलफल भएको थियो । साथै आयोगले निर्वाचन सन्दर्भमा गरेको तयारीबारे जिज्ञासा राखेको थियो।

स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । दल दर्ताको समय गत फागुन १५ मा सकिएको थियो ।