९३ किलो गाजासहित एक जना पक्राउ

महोत्तरी । महोत्तरीमा प्रतिबन्धित लागूऔषध (गाजा) सहित एक जना पक्राउ परेका छन। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको प्रहरी टोलीले गएराती धादिङ थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङलाई पक्राउ गरेको हो।

छिनमस्ता बाहिनीका बाहिनीपति गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँबाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ। थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।

बिज्ञापन