कालोपट्टी बाँधेर कानुन व्यवसायी आन्दोलित

नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका छन् ।

उक्त कार्यक्रम ११ बजेसम्म जारी रहने छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने बारले अडान राखेको छ ।

तर प्रधानन्यायाधीश जबरा भने राजीनामा नदिने अडानमा छन् ।