मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

जनकपुरधाम। मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झा ५ लाख घुस सहित पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटेको टोलीले आज बिहान रंगेहात पक्राउ गरेको हो।

बिज्ञापन

झालाई घुसको रकम सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

जग्गाको हकछाप मुद्दाको फैसला गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेकै अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।