
धनगढी- कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बिज्ञापन



उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
