
पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५ जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९०३ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ६४८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार १५८ पुगेको छ ।
संक्रमितमध्ये ९ लाख ६६ हजार २५९ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।