
झापा: झापाको गौरादह ३ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिलिप भण्डारी भारी मत सहित विजयी भएका छन्। ३० वर्ष देखि एमालेमा क्रियाशिल रहेका भण्डारीलाई पार्टीले वडाध्यक्षमा उठाउन आनाकानी गरेकै कारण स्वतन्त्र उम्मेद्वारी दिएको बताइएका भण्डारीले एमालेका उम्मेदवार गजेन्द्र भण्डारी लाई निकै पछाडी छोड्दै भारी मत अन्तरले वडाध्यक्षमा विजयी भएका छन्। ४ जना वडाध्यक्षका उम्मेदवार रहेको यस वडामा अन्य सबै उम्मेदवारहरु भण्डारीका अगाडी निरिह जस्तै देखिएका छन्।

वडा न. ३ राजनीतिक दृष्टिकोण समेत निकै महत्वपूर्ण रहेको वडा मानिन्छ। संबिधान सभा सदस्य तथा हाल झापा जिल्ला अध्यक्ष दिपक कार्कीको गृहवडा र एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री हिक्मत कुमार कार्की समेतको गृहवडा रहेको यस वडामा स्वतन्त्र उम्मेदवारको रुपमा भएको भण्डारीको जितलाई अर्थपूर्ण रुपमा हेरिएको छ।



कुल २४ सय ७१ जनाले मतदान गरेको उक्त वडामा जेव्रा चुनाव चिन्ह रहेका भण्डारीले निकटतम प्रतिद्वन्द्वी एमालेका गजेन्द्र घिमिरेलाई करिव ५ सयको मतान्तरले पछि पार्दै विजयी भएका छन् ।
