जसपाका सुदूरपश्चिम सचिव एमालेमा प्रवेश

धनगढी । जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी एमालेमा प्रवेश गरेका छन् । उनलाई शनिबार एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना, एमाले केन्द्रीय सदस्य एवं कैलाली सह-इन्चार्ज सन्तोष शर्मा, एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी, एमाले कैलाली अध्यक्ष रतन थापालगायतको समेत उपस्थिति रहेको थियो ।

बिज्ञापन

यसअघि जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्ण चौधरी पनि पार्टीबाट राजीनामा दिँदै माओवादी प्रवेश गरेका छन् ।