गठबन्धन मुलुकको वर्तमान आवश्यकता हो: प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन् ।

सामाखुसी यातायात प्रालिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उनले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन्।

बिज्ञापन

उनले भने, ‘वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदै छ, कार्यकर्ताको मन उच्च हुने गरी गठबन्धन हुन्छ ।’ निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रह समेत गरेका छन् ।

मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताए।

उनले प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाका रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।