नयाँ ‘मिस नेपाल–२०२२’को खोजी सुरु

नयाँ मिस नेपाल अर्थात ‘मिस नेपाल–२०२२’को खोजी सुरु भएको छ । आयोजक द हिड्न ट्रेजरले एक विज्ञप्ती जारी गर्दै ‘मिस नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो । सहभागिताका लागि इच्छुकले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

मिस नेपालमा छनोट हुनका लागि ५ फिट ३ इन्च उचाई र १८ वर्षदेखि २७ वर्ष उमेर हद राखिएको छ ।

बिज्ञापन

मिस नेपाल प्रतियोगिताबाट सुप्रान्यासनल टाइटल हटाइएको छ । अगामी ४ असारमा प्रतियोगिताको फाइनल आयोजना हुनेछ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको आयोजकले जनाएको छ ।

सातै प्रदेशमा अडिसन हुने प्रतियोगिताको वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ ।

सबै जात, धर्म र सम्प्रदायका भाग लिन सक्ने मिस नेपालमा सहभागिताका लागि निःशुल्क ब्यवस्था भएको छ ।