
काठमाडौँ, बैशाख ६ । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्रा.डा. पेशल दाहाल र शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ।

सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन।
बिज्ञापन



तर, ती कार्यालयको काम भने रोकिएको छैन।तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाइकन घरमै बसेका थिए। तालाबन्दी लम्बिँदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोर बाटो प्रयोग गरेर काम गर्न थालेका हुन्।

एक कर्मचारीले सोमबार भने मूल गेटमा तालाबन्दी भएर के गर्नु? हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहेका छौँ।