तनहुँमा आफ्नै घाँटी रेटेर मृत्यु

तनहुँको बन्दिपुर गाउँपालिका-३ धोद्रेमा एकजनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो ३ बजे घर नजिकैको बारीमा गई धारिलो हँसियाले घाँटी रेटी आत्माहत्याको प्रयास गरेका ४५ वर्षका लालबहादुर चेपाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार घाँटी रेटी गम्भिर घाइते चेपाङलाई उपचारका लागि मोति क्लिनिक डुम्रेमा प्राथमिक उपचार पश्चात् पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको थियो।

चेपाङको उपचारका क्रममा मंगलबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डिएसपी खड्काले बताए।

उनले किन आफ्नै घाँटी रेटे भन्ने कुरा पत्ता लागेको छैन।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।