
ललितपुर । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

घटनामा ६ जना घाइते भएका छन् ।विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर औधोगिक क्षेत्रमा रहेको छ । विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो ।
बिज्ञापन



सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुलि नसकेको बताए । घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको भनाइ छ ।
घाइतेहरूको उपचार बीएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।