
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले कृषि गणनासँगै कुकुरको पनि गणना गर्न सुरु गरेको छ ।

विभागले घरपालुवा देखि सडकमा रहेको भुसिया कुकुरहरुको गणना हुने विभागले जानकारी गराएको छ ।
बिज्ञापन



विभागलाई कुकुरको तथ्यांक संकलन गरी दिनुपर्ने माग आएपछि विभागले कृषि गणनासँग कुकुरको पनि गणना थालेको विभागका निर्देशक बद्री कुमार कार्कीले जानकारी गराएको छ ।

उनले सामुदायिक प्रश्वली मार्फत बडामा रहेका सार्वजनिक चौर÷चरन, पोखरी ताल, उद्यान-पार्क, खालप् जग्गा, वडाका मुख्य बाली तथा उत्पादन प्रमुख कृषि उत्पादनको तथ्यांक संकलन हुने जनकारी दिए ।
यसैगरी जंगली जनवारबाट भएको नोक्सानी र घरपालुवा र सामुदायिक छाडा कुकुरको तथ्यांक संकलन हुने जानकारी दिए ।