गठबन्धनबाट कांग्रेस उम्मेदवार- ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ ।

२०७४ सालको निर्वाचनमा करिब दुई सय मतान्तरले जितेका मेयर महर्जन यसपटक पनि दोहोरिन लागेका हुन् ।

बिज्ञापन

सभापति शेरबहादुर देउवाले महर्जनलाई उम्मेदवारीको तयारी गर्न भनिसकेको बताइएको छ ।

प्रेमकृष्ण महर्जन र भरतकृष्ण न्याछ्यो पनि उम्मेदवारीको दाबेदार थिए ।

त्यस्तै कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा शेखर कोइरालानिकट नागेश कोइरालाले टिकट पाएका छन् ।

विराटनगरको मेयरमा वर्तमान मेयर भीम पराजुलीदेखि सांसद डिला संग्रौला, अमृत अर्याललगायतका केन्द्रीय नेताहरूको पनि दाबी थियो ।