
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको नवौँ चरणअन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका फेरि परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अाज शनिवारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरको दशरथ रङ्गशाला मैदान खराब भएपछि खेल तालिका परिवर्तन गरिएको जनाएको छ ।
बिज्ञापन



अब यो खेल यही माघ २६ गते हुनेछ । नवौँ चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर च्यासलका नौ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको थियो ।

चलिरहेको लिगमा पुलिस आठ खेलमा सात अङ्क जोडेर ११ औँ स्थानमा रहेको छ भने समान आठ खेल नै खेलेको च्यासल पाँच अङ्कका साथ १३ औँ स्थानमा रहेको छ ।