देशव्यापी गठबन्धन  असफल

काठमाडौँ — गठबन्धनमा रहेका दलहरूबीच देशव्यापी तालमेल हुन सकेन ।

पाँचदलीय चुनावी तालमेलले देशको राजनीतिक भविष्यका लागि पनि ऐतिहासिक महत्त्व राख्ने दाबी गरेका दलहरूबीच करिब दुई दर्जन जिल्लामा मात्र पूरा ‘सेट’ मा तालमेल भएको छ भने बाँकी जिल्लामा आंशिक सहकार्य भएको छ ।

बिज्ञापन

पाँचदलीय सत्ता गठबन्धन दलका नेताहरूले भने चुनावी तालमेलको निर्णयलाई लिएर कार्यकर्ता आक्रोशित भए पनि उम्मेदवारी मनोनयनले उत्साहित बनाएको बताएका छन् ।

अपेक्षा गरिएभन्दा कम संख्यामा बागी उम्मेदवारी परेको भन्दै उनीहरू उत्साहित भएका हुन् ।