९०० ले सुनको मूल्य घट्यो

काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ ।

उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख २०० मा कारोबार भएको थियो ।

बिज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० कायम भएकामा अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३५० कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०२ डलर आसपास कारोबार भइरहेको छ ।