अर्याललाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ ।

वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो ।

बिज्ञापन

मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको  हो ।

अर्यालको बढुवा सिफारिस विरुद्ध कुनै उजुरी परेको थिएन ।

एआईजीमा बढुवा गरेसँगै उनी भावी सशस्त्र प्रहरी महानिरीक्षक हुने भएका छन् ।

एआईजीमा बढुवामा अर्यालसँगै नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल प्रतिस्पर्धामा थिए ।

अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।