
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा राणासँग आज पाँचौ दिनको बयान हो ।यसअघि ३५ वटा प्रश्न सोधिएकोमा आज बाँकी ८ वटा सवाल सोधिएको थियो । समितिका एक सदस्यका अनुसार अब पुरक प्रश्नका लागि पुन: उनलाई बुधबार वा बिहीबार बोलाइनेछ ।
यसैबीच बयानका क्रममा राणाले नाम लिएका व्यक्तिहरूलाई भोलि सिफारिस समितिले बोलाउने तयारी गरेको समिति सदस्य मीनबहादुर विश्वकर्माले बताए ।समितिसँगको बयानमा चोलेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिन भन्दै दूतका रूपमा डिना उपाध्यायलाई पठाएको, नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधिश सिफारिसमा दबाब दिएकोसहित सर्वोच्च अदालतका न्यायधीशहरूको पनि नाम लिएका छन् ।